|  

घुस प्रकरणमा नाम मुछिएपछि प्रधानन्यायाधीश शर्माको खण्डन

१२ कात्तिक,काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर प्रकाशित घुससम्बन्धी समाचारलाई आधारहीन र कपोलकल्पित भन्दै खण्डन गरेका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै उनले सापकोटासँग आफ्नो कुनै चिनजान, सम्पर्क वा संलग्नता नरहेको स्पष्ट पारे। सापकोटाको मोबाइलमा भेटिएको भनिएको १ लाख ७४ हजार रुपैयाँको कारोबार विवरणसँग आफ्नो नाम जोडिएपछि शर्माले आपत्ति जनाएका हुन्। समाचारमा उल्लेखित कारोबार भएको समयमा आफू प्रधानन्यायाधीशसमेत नभएको उनको भनाइ छ।