|  

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा, बालेन र मोदीले उद्‌घाटन गर्ने

१३ कात्तिक, कामठाडौं ।  जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री शाहले आगामी मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ।

रेल सेवाको सुरक्षाका लागि नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ।

यसअघि दुवै देशका रेल सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीहरूले जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेका थिए। उद्घाटनको मिति भने अझै तय भएको छैन।