|  

चीनमा ११० मानवाकार रोबोटले एकैसाथ नाचेर बनाए विश्व कीर्तिमान

१३ कात्तिक, कामठाडौं । चीनमा ११० वटा मानवाकार रोबोटले एकैसाथ नृत्य प्रस्तुत गर्दै विश्व कीर्तिमान कायम गरेका छन्।

पूर्वी चीनको शान्दोङ प्रान्तस्थित जिनान सहरमा अक्टोबर २४ मा रोबोटहरूले पाँच मिनेटभन्दा लामो समय सामूहिक नृत्य प्रदर्शन गरेका हुन्।

उक्त प्रदर्शनमा रोबोटलाई मानिसले प्रत्यक्ष नियन्त्रण नगरी पूर्वनिर्धारित प्रविधि र स्वचालित प्रणालीमार्फत नचाइएको थियो।

एकैपटक सबैभन्दा धेरै मानवाकार रोबोटले नृत्य गरेको उक्त प्रदर्शनलाई गिनिज वर्ल्ड रेकर्डले विश्व कीर्तिमानका रूपमा मान्यता दिएको छ।