|  

व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै

१३ कात्तिक, कामठाडौं ।  सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा उक्त रिटको पेशी तोकिएको छ। भट्टका बुबा चतुर्भुज भट्टले असोज ७ गते छोराको रिहाइ माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

यसअघि असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारका नाममा तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

धितोपत्र कारोबार प्रकरणमा गत चैत १९ गते पक्राउ परेका भट्टलाई साउन २७ गते विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

उनीविरुद्ध २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। हाल उनी सिन्धुपाल्चोक कारागारमा छन्।