|  

सुनकोशी मरिण आयोजनाका ठेक्कामा विवादः सिँचाइ विभागका महानिर्देशकसहित दुई जना नियन्त्रणमा

१३ कात्तिक, काठमाडाैं ।  प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको छ।

प्रहरी उच्च स्रोतका अनुसार रजौरियालाई सिरहाबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको हो। उनीहरूलाई प्रहरी हिरासतमा भने राखिएको छैन। सुनकोशी मरिण आयोजनाको ठेक्का प्रक्रियामा देखिएको विवादसँग यो कदम जोडिएको हुनसक्ने अनुमान गरिएको छ। आयोजनाको ठेक्का पटक-पटक लाग्ने र रद्द हुने क्रम चल्दै आएको छ।

यद्यपि, दुवै अधिकारीलाई नियन्त्रणमा लिनुको आधिकारिक कारण खुलाइएको छैन। प्रधानमन्त्री कार्यालयको निर्देशनमा उच्च अधिकारीहरूलाई नियन्त्रणमा लिइएपछि आयोजनाको ठेक्का प्रक्रियामाथि थप प्रश्न उठेका छन्।