|  

काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुने, कुन दिन कहाँ बत्ती जाँदैछ ?

१३ कात्तिक, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् लाइन विस्तारका लागि काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिनसम्म निर्धारित समयमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा १३ देखि २० कात्तिकसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती गरिनेछ। सार्वजनिक तालिकाअनुसार १३ कात्तिकमा हाइभिजन कोलोनी, १४ गते कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसन, १५ गते कलंकी चोकदेखि ढुंगेअड्डा र १६ गते कलंकी रिङरोडदेखि स्युचाटार क्षेत्रसम्म विद्युत् आपूर्ति प्रभावित हुनेछ।

त्यस्तै, १७ गते युएनपार्कदेखि बिजुलीबजार, १८ र २० गते धौलागिरि आवास तथा मातातीर्थ क्षेत्र र १९ गते हाजमा पुल आसपास विद्युत् कटौती हुनेछ। मौसम प्रतिकूल भए कार्यतालिका परिवर्तन हुन सक्ने जनाउँदै प्राधिकरणले सम्बन्धित क्षेत्रका उपभोक्तालाई पूर्वतयारी गर्न आग्रह गरेको छ।