१३ कात्तिक, काठमाडाैं । सर्वोच्च अदालतका न्यायाधीश र प्रहरीका उच्च अधिकारीहरूसँग विवादास्पद बिचौलिया इनम सापकोटाको कथित सम्बन्ध र संवाद सार्वजनिक भएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले यस विषयमा संसद्मा छलफल हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले न्यायपालिका र प्रहरी संगठनमाथि गम्भीर प्रश्न उठेको अवस्थामा प्रतिनिधिसभा मौन बस्न नमिल्ने बताएका हुन्। आवश्यक परे एक चौथाइ सांसदको मागमा संसद् अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था प्रयोग गर्नुपर्ने उनको भनाइ छ। उनले देखावटी समिति वा उपसमिति बनाएर विवाद सामसुम पार्ने प्रयास स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्। सापकोटाको विद्युतीय उपकरणबाट न्यायाधीश र प्रहरी अधिकारीहरूसँग भएका भनिएका संवाद तथा कारोबारका विवरण बाहिरिएपछि न्यायपालिकाको निष्पक्षतामाथि प्रश्न उठेको छ। यही विवादबारे छलफल गर्न प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar