|  

एक दशकभित्र आत्मनिर्भर र समृद्ध नेपाल बनाउने रास्वपाको लक्ष्य : परियार

१३ कात्तिक, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले आगामी एक दशकभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर राष्ट्र बनाउने लक्ष्य रहेको बताएका छन्।

विराटनगरमा आयोजित कार्यक्रममा उनले विकास, सुशासन र समृद्धिका लागि सरकार तथा पार्टी शपथ ग्रहणकै दिनदेखि निरन्तर काममा जुटेको दाबी गरे। जनतासामु गरिएका प्रतिबद्धतालाई परिणाममा बदल्नु मुख्य जिम्मेवारी भएको भन्दै परियारले कमजोरी सच्याउँदै अघि बढ्ने बताए।

साथै, सत्ता र पदको अहंकारबाट जोगिन रास्वपाका नेता तथा जनप्रतिनिधिलाई सचेत गराउँदै उनले गलत काम र कार्यशैलीविरुद्ध निरन्तर खबरदारी गर्न सञ्चारमाध्यम र नागरिक समाजलाई आग्रह गरे।