|  

नदीमा फोहोर पानी मिसाउन रोक, उद्योगहरूलाई विभागको कडा निर्देशन

१३ कात्तिक, काठमाडाैं । उद्योग विभागले प्रशोधन नगरी नदी तथा खोलामा फोहोर पानी नछोड्न उद्योगहरूलाई निर्देशन दिएको छ।

विशेषगरी वीरगञ्ज-पथलैया करिडोरको सिर्सिया नदीमा औद्योगिक प्रदूषण बढ्दा स्थानीयलाई दीपावली र छठ पर्व मनाउनसमेत समस्या भएको गुनासोपछि विभागले यस्तो कदम चालेको हो। विभागले वातावरणीय मापदण्डअनुसार प्रशोधित पानी मात्र नदीमा छोड्न र चाडपर्वमा नदी सफा राख्न सहयोग गर्न आग्रह गरेको छ। निर्देशन पालना भए-नभएको जाँच्न सम्बन्धित सरकारी निकायहरूको संयुक्त अनुगमन तथा निरीक्षण गरिने पनि जनाएको छ।