|  

राज्यका संवेदनशील अंगमा देखिएका विकृति अन्त्य नगरी सुशासन सम्भव छैनः बाबुराम भट्टराई

१३ कात्तिक, काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी र सेनालगायत राज्यका संवेदनशील अंगमा देखिएका विकृति तथा नैतिकतासम्बन्धी विवाद अन्त्य नगरी सुशासन स्थापना गर्न नसकिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले जन्म, पद, पहुँच, धन र शक्तिका आधारमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने बताएका छन्।

सुशासनबिना मुलुक समृद्धिको बाटोमा अघि बढ्न नसक्ने उल्लेख गर्दै भट्टराईले राज्यका विभिन्न निकायमा रहेका विकृति र विसंगति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।