|  

एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने

१४ कात्तिक, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।

यस्तै, दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । खेल अपराह्न ४ः३० बजे हुनेछ।

जारी लिगमा लुम्बिनी र चितवनले समान एक खेल जितेका छन्। विराटनगरले दुवै खेल गुमाउँदा सुदूरपश्चिमले एक जित र एक हार बेहोरेको छ।