|  

डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार

१४ कात्तिक, काठमाडौं ।  जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्।

उनीहरू गएराति कारागारबाट भागेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

आज बिहान साढे ५ बजे कैदीबन्दी गणना गर्ने क्रममा संख्या अपुग भएपछि उनीहरू फरार भएको खुलेको हो।

कारागारमा १७ जना कैदीबन्दी रहेकामा आठ जना फरार भएका हुन्। उनीहरू बस्ने कोठादेखि बाहिरसम्म झण्डै चार मिटर लामो सुरुङ खनिएको पाइएको प्रहरीले जनाएको छ।