|  

पत्रकार पक्राउबारे जारी गरेको विज्ञप्ति नेपाल प्रहरीले हटायो

१४ कात्तिक, काठमाडौं ।  पत्रकार पक्राउबारे प्रष्टीकरण दिँदै जारी गरेको विज्ञप्ति नेपाल प्रहरीले हटाएको छ।

प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले शनिबार राति १ः४० बजे ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक गरेको विज्ञप्ति शनिबार बिहान हटाइएको हो।

विज्ञप्तिमा सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाउनु नियमित प्रहरी कार्यसम्पादनअन्तर्गतको कदम भएको र यसको उद्देश्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नभएको दाबी गरिएको थियो।

यसअघि शुक्रबार प्रहरीले नयाँ पत्रिका कार्यालयमा साढे दुई घण्टा घेराउ गर्दै पत्रकार पक्राउ गर्ने प्रयास गरेको थियो। सोही क्रममा केही पत्रकार पक्राउ परे पनि पछि रिहा भएका थिए।