|  

लगातारको वर्षाले कुलेखानी जलाशय भरिने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता

१४ कात्तिक, काठमाडाैं । लगातारको भारी वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशय भरिने अवस्थामा पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

अधिकतम क्षमता एक हजार ५३० मिटर रहेको जलाशयको पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ। जलाशयको सतह तीव्र गतिमा बढिरहेकाले बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने जलविद्युत् केन्द्रले जनाएको छ। मकवानपुर प्रशासनले नदीकिनारबाट टाढा सुरक्षित स्थानमा बस्न र जारी हुने चेतावनी पालना गर्न आग्रह गरेको छ। बाँध खोल्नुपर्ने भए साइरन बजाइने जनाउँदै देउराली–सिस्नेरी सडकखण्डमा समेत सावधानी अपनाउन अनुरोध गरिएको छ।