|  

विश्वप्रकाश शर्माको प्रश्नः पत्रकार रिहा हुँदैमा प्रश्न सकिँदैन, पक्राउको निर्देशन कसले दियो ?

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनामा सरकारसँग जवाफदेहिता माग गरेका छन् ।

पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना टुंगिएको मान्न नसकिने उल्लेख गर्दै उनले पक्राउको निर्देशन दिने, पक्राउ गर्नुको कारण र पक्राउको जिम्मेवारीबारे सरकारले दिनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘पक्राउ परेका पत्रकार छुटिसके, कुरा सकियो होइन । यस्तो किन गरियो, निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने ? यो मुख्य प्रश्नको जवाफ जरुरी छ ।’