|  

भारतबाट फर्किएलगत्तै रविको राजनीतिक सक्रियता तीव्र, बालेनसँग चार घण्टा संवाददेखि महाभियोगसम्म छलफल

१४ कात्तिक, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको धार्मिक भ्रमणबाट फर्किएलगत्तै उच्चस्तरीय राजनीतिक भेटघाटमा सक्रिय भएका छन्।

उनले प्रधानमन्त्री बालेन शाहसँग चार घण्टा छलफल गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोबिता गौतम र सभामुख डोलप्रसाद अर्यालसँग छुट्टाछुट्टै संवाद गरेका हुन्। भेटघाटमा न्यायालयभित्र देखिएको विवाद, निजामती विधेयक फिर्ता लिएर अध्यादेश ल्याउने तयारी र त्यसका कानुनी चुनौतीबारे छलफल भएको बताइएको छ। कानुनी पृष्ठभूमिका सांसदहरूसँगको छलफलमा केहीले विवादित न्यायाधीशमाथि महाभियोगको प्रस्ताव अघि बढाउन सुझावसमेत दिएका छन्। यी विषयमा थप छलफल गर्न लामिछानेले शनिबार पार्टी सचिवालय बैठक बोलाएका छन्।