१४ कात्तिक, काठमाडाैं । सञ्चारमाध्यममाथि प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउको विरोधमा जनकपुरधाममा पत्रकारहरूले प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासङ्घको केन्द्रिय समितिको सर्कुलरअनुसार महासङ्घका जिल्ला शाखाहरूले गरेको विरोध कार्यक्रमअन्तर्गत जनकपुरधाममा पत्रकारहरूले प्लेकार्डसहित मौन प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी पत्रकारहरूले सञ्चारगृहमा प्रवेश गरी प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउ गर्ने कार्यले स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने बताएका छन् । सञ्चारमाध्यममा प्रहरी पुगेर अचानक धरपकड गर्नु पत्रकारितालाई आतङ्कित पार्ने योजनाका रूपमा आफूहरूले लिएको एक प्रदर्शनकारीले बताए । पत्रकारसँग कुनै विषयमा सोधपुछ वा छलफल गर्नुपर्ने भए सहज रूपमा बोलाउन सकिने अवस्था हुँदाहुँदै सञ्चारगृहमै पुगेर गरिएको धरपकड अस्वीकार्य रहेको उनको भनाइ छ । उनले पत्रकारजस्तो सचेत पेसाकर्मीलाई सामान्य सोधपुछका लागि बोलाउँदा उपस्थित नहुने अवस्था नरहेको उल्लेख गर्दै राज्यले यस्तो कदम चाल्नु उचित नभएको बताए । उनले विगत आठ–दश दशकको राजनीतिक इतिहासमा राज्यका यस्ता प्रयास सफल नभएको र अहिले पनि सफल नहुने दाबी गरे ।
महासङ्घले सञ्चारमाध्यममाथिको धरपकड र पत्रकार पक्राउको विरोधमा आगामी दिनमा पनि चरणवद्ध आन्दोलन गर्ने जनाएको छ । केन्द्रिय समितिको निर्देशनअनुसार देशभरका जिल्ला शाखाहरूले विरोधका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको महासङ्घका प्रतिनिधिले जानकारी दिए । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar