|  

पत्रकार रिहा हुँदैमा घटना सकिँदैन, सरकारलाई विश्वप्रकाशको प्रश्न– निर्देशन कसको थियो ?

१४ कात्तिक, काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार रिहा हुँदैमा पक्राउ प्रकरण टुंगिएको मान्न नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पत्रकार पक्राउ गर्न निर्देशन दिने व्यक्ति र घटनाको जिम्मेवारी लिने पक्षबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका हुन्। सञ्चारगृहमै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री कार्यालयले आफू संलग्न नभएको स्पष्टीकरण दिएर मात्रै जिम्मेवारीबाट पन्छिन नमिल्ने शर्माको भनाइ छ। उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न, पक्राउको वास्तविकता सार्वजनिक गर्न र गलत समाचारको खण्डन तथा कारबाहीका लागि कानुनी प्रक्रिया अपनाउन सरकारलाई आग्रह गरेका छन्।