|  

पूर्वराजा वीरेन्द्र र परिवारको सम्पत्ति खोज्दै सरकार, सबै स्थानीय तहलाई पत्राचार

१४ कात्तिक, काठमाडाैं । सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा नेपालभित्र रहेको चल तथा अचल सम्पत्तिको खोजी सुरु गरेको छ।

यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै सम्पत्तिसम्बन्धी विवरण संकलनमा सहयोग गर्न आग्रह गरेको हो। नेपाल ट्रष्टको कार्यालयको अनुरोधपछि मन्त्रालयले जग्गाधनी प्रमाणपुर्जा, दर्ता श्रेस्ता, फिल्डबुकलगायतका अभिलेख उपलब्ध गराउन स्थानीय तहलाई भनेको छ। नेपाल ट्रष्ट ऐन, नियमावली २०६४ र सम्पत्ति खोजबिन कार्यविधि २०६७ अनुसार पूर्वराजपरिवारको नाममा रहेको वा उनीहरूको हक, स्वामित्व तथा भोगाधिकार कायम हुन सक्ने सम्पत्तिको खोजबिन र अभिलेखीकरण गर्न लागिएको हो।