|  

विवादित न्यायाधीश प्रकरणमा रविको चासो, महाभियोगसम्मका विकल्पमा छलफल

१४ कात्तिक, काठमाडाैं । सर्वोच्च अदालतका विवादित न्यायाधीशमाथि कारबाहीको विकल्प खोज्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका मन्त्री तथा कानुन पृष्ठभूमिका सांसदहरूसँग छलफल तीव्र बनाएका छन्।

शुक्रबार बूढानीलकण्ठस्थित निवासमा भएको छलफलमा कानुनमन्त्री सोविता गौतम, सांसदहरू मोहनलाल आचार्य, सुलभ खरेल, समीक्षा बास्कोटा र गजाला शमीम मिकरानी सहभागी थिए। छलफलमा विवाद समाधानका लागि अदालत आफैंले पहल गर्ने, न्यायपरिषद्बाट छानबिन गर्ने र महाभियोग लगाउने गरी तीन विकल्पमाथि चर्चा भएको छ। सहभागी सांसदहरूले न्यायपालिकाको स्वतन्त्रता र विश्वसनीयतामाथि उठेका प्रश्नको संवैधानिक प्रक्रियाबाट निरूपण गर्नुपर्ने सुझाव दिएका छन्। महाभियोगको विकल्पमा समेत गम्भीर छलफल भए पनि पार्टीले कुन बाटो रोज्ने भन्ने निर्णय भने भइसकेको छैन।