|  

नेपाल-चीन सीमा नाका व्यवस्थापन गर्न संयुक्त समिति गठनको प्रस्ताव

१४ कात्तिक, काठमाडाैं । चीनले नेपालसँगका सीमा नाकाको व्यवस्थापन, व्यापार सहजीकरण र भन्सार प्रक्रिया व्यवस्थित गर्न द्विपक्षीय संयुक्त समिति गठनको प्रस्ताव गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष पेस गरिएको मस्यौदामा सीमा नाकाको सञ्चालन प्रभावकारी बनाउने, पूर्वाधार सुधार गर्ने र मानिस तथा वस्तुको आवतजावत सहज बनाउने विषय समेटिएका छन्।नेपाल र चीनबीच यस्तो समिति गठन गर्ने सहमति सन् २०१२ मै भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। प्रस्तावित समितिले सीमा नाकासम्बन्धी सूचना आदानप्रदान, भन्सार निकायबीच समन्वय, सीमापार यातायात सहजीकरण तथा तस्करी र अन्य अवैध गतिविधि नियन्त्रणमा सहकार्य गर्ने मस्यौदामा उल्लेख छ।