|  

लगातारको २ हारपछि विराटनगरको पहिलो जित, सुदूरपश्चिमको दोस्रो हार

१५ कात्तिक, कामठाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आठौं खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ढिलो गरी सुरु भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा १०५ रन बनाएको थियो।

१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ५ ओभरमा ३ विकेट गुमाउँदै ७० रन मात्रै बनाउन सक्यो।

यो दुवै टोलीको प्रतियोगितामा तेस्रो खेल हो । सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको थियो।

यता, विराटनगरले यसअघिका दुवै खेल गुमाएको थियो । पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको विराटनगर दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले हारेको थियो।