|  

एनपीएलः आज जनकपुर र पोखरा भिड्ने

१५ कात्तिक, कामठाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आज आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो।

दोस्रो खेलमा भने काठमाडौं गोर्खाजलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो।

यता, पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो।