|  

एकैदिन तोलामा ८३ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ ?

१५ कात्तिक, कामठाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ८ हजार ३०० रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा  १७५ रुपैयाँले घटेर प्रतितोला तीन हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ।