|  

गोरखाको विकासमा परिणाममुखी काम गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता

१५ कात्तिक,काठमाडाैं । गोरखाको विकास, पूर्वाधार निर्माण र स्थानीय समस्या समाधानमा सक्रिय भूमिका खेल्न गृहमन्त्री सुधन गुरुङलाई जिल्लाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूले आग्रह गरेका छन् ।

उनीहरूले कृषि उत्पादनले उचित बजार र मूल्य नपाएको, पर्यटन प्रवर्द्धन हुन नसकेको तथा उद्योग-व्यवसाय सञ्चालनमा चुनौती रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सहभागीका गुनासा सुनेपछि गृहमन्त्री गुरुङले गोरखाका समस्या र नागरिकका अपेक्षालाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले आफूलाई गृहमन्त्री बनाउने जिल्लावासीको अपेक्षा पूरा गर्न काम गर्ने बताए । बूढीगण्डकीको बाढीले बगाएको पुल पुनर्निर्माणको पहलप्रति सहभागीहरूले धन्यवाद दिँदै अब भाषणभन्दा परिणाममुखी कामको अपेक्षा राखेका थिए ।