|  

गंगापूर्ण आरोहणमा ज्यान गुमाएका दुई जापानीको स्वयम्भूमा अन्त्येष्टि

१५ कात्तिक, काठमाडाैं । मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा ज्यान गुमाएका दुई जापानी नागरिकको आइतबार काठमाडौंको स्वयम्भूमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

मृतकका आफन्त टोकियोबाट नेपाल आएपछि जापानी दूतावासको रोहवरमा शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो । हिदे सुके टेनिसी र तेचु हासिमुदो गत कात्तिक ६ गते मृत अवस्थामा फेला परेका थिए । उनीहरू भदौ २७ गते नेपाली गाइडसहित काठमाडौंस्थित कस्मो एडभेन्चरमार्फत गंगापूर्ण हिमाल आरोहणमा गएका थिए । उनीहरूको शव मनाङबाट टाढा माछापुच्छ्रे क्षेत्रमा भेटिएको थियो । अन्त्येष्टिमा आफन्त, जापानी दूतावासका प्रतिनिधि तथा ट्रेकिङ एजेन्सीका अधिकारी सहभागी थिए ।