|  

हिमाली र पहाडी भूभागमा हल्का वर्षा / हिमपातको सम्भावना

१६ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

आज देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि हल्का वर्षा हुन सक्नेछ।

राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई, उपत्यका र खोँचहरूमा बिहान हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।