|  

तलब वृद्धिको माग गर्दै बंगलादेशमा पोसाक उद्योगका श्रमिकको प्रदर्शन, हिंसात्मक झडप

१६ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी ढाकासहित तीन क्षेत्रमा तलब वृद्धिको माग गर्दै पोसाक उद्योगका श्रमिकहरूले प्रदर्शन गरेका छन्।

आइतबार भएको प्रदर्शनका क्रममा प्रहरी र श्रमिकबीच झडप हुँदा विभिन्न स्थानमा तोडफोड तथा आगजनीसमेत भएको छ।

ढाकाको मिरपुरमा प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुङ्गा प्रहार र प्रहरीको गाडीमा आगजनी गरेका छन् । गाजीपुरमा राजमार्ग अवरुद्ध गर्दै प्रहरी चौकीमा आगो लगाइएको छ भने अशुलिया क्षेत्रमा कम्तीमा ३० वटा उद्योग बन्द भएका छन्।

श्रमिकहरूले हाल कायम न्यूनतम मासिक तलब ९ हजार ६ सय रुपैयाँबाट बढाएर ३० हजार टका ९करिब २३ हजार रुपैयाँ० पुर्‍याउन माग गरेका छन् । बढ्दो घरभाडा, खाद्यान्न, उपचार तथा शिक्षाको खर्च धान्न कठिन भएको उनीहरूको गुनासो छ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। तनावका कारण मिरपुर–१० मेट्रो स्टेसनको प्रवेशद्वारसमेत बन्द गरिएको थियो।

बंगलादेश विश्वको दोस्रो ठूलो पोसाक निर्यातकर्ता देश हो। त्यहाँ उत्पादित कपडा १५० भन्दा बढी देशमा निर्यात हुने गर्छ।