|  

कर्णालीबाट एनपीएल खेल्न नेपाल आइपुगे बङ्गलादेशका जिशन अलाम

१६ कात्तिक, काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका बाँकी खेलका लागि बंगलादेशी युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ।

२१ वर्षीय जिशनको आगमनले टोलीको शीर्षक्रम थप मजबुत हुनेछ। उनी आइतबार साँझ काठमाडौं आइपुगेका छन् ।

बंगलादेशको उमेर समूह हुँदै ‘ए’ टोलीबाट खेलिसकेका जिशन ब्याटिङ अलराउन्डर हुन् । उनले बंगलादेशका फ्रेन्चाइज टोली राजशाही वारियर्स र दुरबार राजशाहीबाट समेत खेलेका छन् ।

जिशन कर्णालीमा आबद्ध हुने तेस्रो बंगलादेशी खेलाडी हुन्। यसअघि अरिफुल इस्लाम र अकबर अली टोलीमा अनुबन्ध भइसकेका छन्।