|  

इरानी नेताहरूको हत्या गरेर अलि बढी गरियो, वार्ता गर्ने कोही छैनः ट्रम्प

१६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताहरूलाई लक्षित सैन्य कारबाहीमा अमेरिका आवश्यकताभन्दा बढी अगाडि बढेको हुन सक्ने बताएका छन् ।

मध्यावधि चुनावको एक दिनअघि आइवाको डुबुकमा रिपब्लिकन समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले इरानले नै युद्ध सुरु गरेको दाबी गरे । उनले इरानलाई आतंकवादको प्रमुख प्रायोजक राष्ट्र भन्दै अमेरिकी सैन्य कारबाहीको बचाउ गरे ।

ट्रम्पले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली र नेतृत्व तहलाई ठूलो क्षति पुर्‍याएको दाबी गरे । उनले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा राडार प्रणाली तथा नेतृत्व तहलाई ध्वस्त पारेको दाबी गरे ।

तर, इरानी नेताहरूलाई लक्षित गरिएको कारबाहीबारे बोल्दै उनले थपे, “नेताहरूको मामिलामा हामी अलि बढी नै अगाडि बढ्यौँ कि जस्तो लाग्छ, किनकी त्यहाँ कुराकानी गर्न कोही पनि छैन ।”