|  

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

१६ कात्तिक, काठमाडौं ।  डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।

गत १४ कात्तिकदेखि सम्पर्कविहीन भएका दुई महिला र चार पुरुषलाई उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याइएको हो।

सोमबार बिहान साढे ६ बजे उडेको हेलिकप्टरले सुरुमा दुई महिलाको उद्धार गरेको थियो। त्यसपछि पुनः घटनास्थल पुगेर बाँकी चार पुरुषलाई पनि सुरक्षित रूपमा उद्धार गरिएको छ।

उद्धार गरिएका सबै पर्यटकको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।