|  

स्विट्जरल्यान्डका राष्ट्रिय परिषद्का अध्यक्ष काठमाडौंमा

१६ कात्तिक, काठमाडौं । स्विट्जरल्यान्डका राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेज ६ सदस्यीय प्रतिनिधिमण्डलसहित सोमबार नेपाल आइपुगेका छन्।

प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको निमन्त्रणामा कतार एयरवेजमार्फत नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले स्वागत गरेकी थिइन्।

नेपाल भ्रमणका क्रममा उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख डीपी अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ।