|  

भ्रमपूर्ण प्रचार गरेर मूल मुद्दा ओझेलमा पार्न खोजिएको कांग्रेसको आरोप

१६ कात्तिक, काठमाडाैं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध निराधार आरोप तथा भ्रामक समाचार फैलाएर सरकारका पछिल्ला गतिविधिबारे उठेका प्रश्नलाई विषयान्तर गर्न खोजिएको आरोप लगाएको छ।

सभापति गगनकुमार थापाको सचिवालयले विज्ञप्ति जारी गर्दै लोकतन्त्र, नागरिक स्वतन्त्रता र विधिको शासनका पक्षमा आवाज उठाउँदा कांग्रेसविरुद्ध भ्रम सिर्जना गर्ने प्रवृत्ति दोहोरिएको दाबी गरेको हो।कांग्रेसले विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका प्रक्रिया पार्टी विधान र प्रचलित कानुनअनुसार सम्पन्न भएको स्पष्ट पारेको छ। यस्तै, बिचौलियासँग जोडिएका प्रकरणमा निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाही गर्न आफ्नो समर्थन रहे पनि अनुसन्धानका विवरण छानिछानी सार्वजनिक हुँदा प्रक्रिया प्रभावित हुन सक्ने आशङ्का व्यक्त गरेको छ। अपुष्ट सूचना र राजनीतिक पूर्वाग्रहका आधारमा कसैलाई आरोपित नगर्न आग्रह गर्दै कांग्रेसले निष्पक्ष छानबिनको माग गरेको छ।