|  

सरकारले संवैधानिक निकाय कमजोर पार्दै लगेको एमाले महासचिव पोखरेलको आरोप

१६ कात्तिक, काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था, संविधान र संवैधानिक निकायहरू कमजोर बन्दै गएको आरोप लगाएका छन्।

सोमबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले उच्च पदमा रहेका व्यक्तिहरू जिम्मेवार हुनुपर्नेमा सामाजिक सञ्जालका गतिविधिले राज्यको गरिमा नै कमजोर बनाएको टिप्पणी गरे। प्रधानमन्त्रीले सामाजिक अङ्गहरूलाई प्रभावित पार्न खोजेको आशङ्का व्यक्त गर्दै पोखरेलले सरकारका गतिविधिप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सन्तुष्ट नरहेको दाबी गरे। जनताको अपेक्षाविपरीत देश अघि बढेकाले अवस्था सुधार्न सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।