|  

पीआर विवादपछि जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

१६ कात्तिक, काठमाडाैं । जापानका लागि राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।

सोमबार संसदीय सुनुवाइ समितिलाई मौखिक जानकारी गराउँदै उनले प्रस्तावबाट पछि हटेका हुन्। जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको भन्दै उनीविरुद्ध उजुरी परेपछि समितिले उनको सिफारिस प्रक्रिया रोकेको थियो। थापाले सन् २०२६ मार्च २५ मा पीआर त्यागेको प्रमाणसमेत पेस गरेका थिए।