|  

गम्भीर स्वास्थ्य समस्या देखिएपछि डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो

१६ कात्तिक, काठमाडाैं । स्वास्थ्य अवस्था जटिल बनेपछि इलाममा अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई सेनाको हेलिकोप्टरमार्फत सोमबार काठमाडौं ल्याइएको छ।

रगतमा चिनीको मात्रा खतरनाक रूपमा घटेपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका केसीको ग्लुकोजको मात्रा ३६ मिलिग्राम प्रतिडेसिलिटरसम्म झरेको अस्पतालले जनाएको छ। चिकित्सकले उनको अवस्था जोखिमपूर्ण रहेको बताएका छन्।