|  

भोटेकोशी बाढी प्रभावितलाई पुरानै क्षेत्र आसपास स्थायी आवास बनाउने तयारी

१६ कात्तिक, काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन थालेको छ।

सोमबार संसदीय विशेष समिति बैठकमा प्राधिकरणका भूगर्भविद् डा. प्रकाश पोख्रेलले स्याफ्रुबेसी, बेत्रावतीदेखि त्रिशूलीसम्मका प्रभावितलाई लक्षित गरी अध्ययन भइरहेको जानकारी दिएका हुन्।उनका अनुसार बाढीमा ज्यान गुमाएकामध्ये १ हजार ६ सय शवको डीएनए सङ्कलन गरिएकोमा हालसम्म १५० जनाको पहिचान भएको छ। बाँकी डीएनए परीक्षण एक महिनाभित्र सक्ने लक्ष्य रहेको उनले बताए। साथै, प्रभावित क्षेत्रमा सडक, पुल तथा वैकल्पिक मार्ग निर्माणको काम पनि अघि बढाइएको छ।