|  

एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्ने

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्नेछन्।

तीन खेल खेलेको विराटनगरले एक जित र दुई हार बेहोरेको छ भने जनकपुरले दुई जित र एक हार निकालेको छ।

त्यस्तै, दोस्रो खेलमा दिउँसो साढे ४ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

दुई खेलमध्ये एक जित निकालेको लुम्बिनीविरुद्ध पोखरा पहिलो जितको खोजीमा मैदान उत्रनेछ। पोखराले यसअघिका दुवै खेल हारेको छ।