|  

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

१७ कात्तिक, काठमाडौं । सरकारले आज र भोलि दुई दिन देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।

बालबालिकामा कुपोषण तथा सम्भावित स्वास्थ्य जटिलता न्यूनीकरण गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ र २०५६ सालदेखि जुकाको औषधि नियमित रूपमा खुवाउँदै आएको छ।