|  

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ? 

१७ कात्तिक, काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन तोलामा  २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा  ४५ रुपैयाँले घटेर प्रतितोला 
३ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।