|  

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा

१७ कात्तिक, काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ ।

मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा पेस गरेको हो।उक्त जग्गा छुट दर्तामा कैफियत देखिएको अख्तियारको दाबी छ।

हाल मुद्दा रुजु हुने क्रममा रहेको छ।यसअघि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा दायर भ्रष्टाचार मुद्दा पनि विशेष अदालतमा विचाराधीन छ।