|  

नेपालका लागि भारतीय राजदूत दलेला काठमाडौंमा

१७ कात्तिक, काठमाडाैं ।  नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला आफ्नो कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्। भारतीय विदेश सेवाको सन् १९९३ ब्याचका कूटनीतिज्ञ दलेला यसअघि विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भुटानका लागि राजदूतसमेत रहिसकेका उनले नेपाल र भुटानसम्बन्धी मामिला हेर्ने जिम्मेवारी पनि सम्हालेका थिए। उनको कूटनीतिक अनुभवलाई नेपाल-भारत सम्बन्धमा आर्थिक सहकार्य, व्यापार, ऊर्जा र क्षेत्रीय सम्पर्क विस्तारका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।