|  

समाजलाई दलीयकरणबाट मुक्त राख्न रास्वपा सचेतक परियारको आग्रह

१७ कात्तिक, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले सामाजिक विकासका लागि समाजलाई अतिदलीयकरणबाट मुक्त राख्नुपर्ने बताएका छन्।

सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले राजनीतिकरण र दलीय प्रभावका कारण अपेक्षित सामाजिक विकास हुन नसकेको बताए। सामाजिक संघसंस्थाले दलीय प्रभावबाट टाढा रहेर सामाजिक पछ्यौटेपनविरुद्ध काम गर्नुपर्ने उनको भनाइ थियो। उनले युवालाई उद्यमशीलता, सिर्जनशीलता र राष्ट्रको नेतृत्वदायी भूमिकामा अघि बढ्नसमेत आग्रह गरे।