|  

बाढीपीडितका नाममा १८ अर्ब संकलन, खर्च भने एक अर्ब मात्रै

१७ कात्तिक, काठमाडाैं । भोटेकोशी-त्रिशूली बाढीपीडितका लागि जुटेको १८ अर्ब ३१ करोड रुपैयाँमध्ये सरकारले हालसम्म एक अर्ब रुपैयाँ मात्रै निकासा गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कात्तिक १३ गतेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकममध्ये भदौ १६ गते एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइएको थियो। बाँकी रकम कोषमै छ। बाढीपछि स्वदेश तथा विदेशबाट ठूलो रकम सहयोग जुटेको थियो। अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख जेन्सन ह्वाङले मात्रै एक करोड अमेरिकी डलर सहयोग गरेका थिए। तर पीडितका लागि संकलित रकम परिचालन नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ। कांग्रेस नेता भीष्मराज आङ्देम्बेले पीडितले घोषित राहतसमेत नपाएको भन्दै संकलित रकमको सदुपयोगबारे प्रश्न उठाएका छन्।