|  

२०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

१७ कात्तिक, काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

समितिले २०८३ सालको भाइटीकाका लागि कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटको समय निर्धारण गरेको हो। समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्ष यमपञ्चक कात्तिक २० गतेदेखि सुरु हुनेछ। कात्तिक २० गते धनत्रयोदशी, २१ गते काग तिहार, २२ गते कुकुर तिहार र लक्ष्मीपूजा, २३ गते गाईपूजा तथा २४ गते गोवर्धन र म्हपूजा मनाइनेछ। कात्तिक २४ गतेदेखि नेपाल संवत् ११४७ समेत सुरु हुनेछ।