|  

बालेनको भारत भ्रमणको एजेन्डा तय गर्न भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

१८ कात्तिक, काठमाडौं ।  भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी आज र भोलि नेपाल भ्रमणमा रहन लागेका हुन् ।परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणका एजेन्डा तय गर्ने उद्देश्यले मिश्रीको नेपाल भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारतबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

त्यसैगरी, दुई देशबीचको सम्बन्धका विविध आयामको समीक्षा गर्नुका साथै आपसी हित र चासोका विषयमा विचार आदानप्रदान गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।