|  

इरानमा ट्रम्प र नेतन्याहूविरुद्ध आक्रामक होर्डिङ, ‘ट्रम्पलाई मार्नेछौँ’ लेखिएको पोस्टर सार्वजनिक

१८ कात्तिक, काठमाडौं । इरानको राजधानी तेहरानस्थित एङ्गेलाब स्क्वायरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै ‘हामी ट्रम्पलाई मार्नेछौँ’ लेखिएको विशाल होर्डिङ राखिएको छ।

होर्डिङमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विटकफ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई समेत रगतले लतपतिएको अवस्थामा चित्रण गरिएको छ।

तेहरानका विभिन्न स्थानमा अमेरिका र इजरायलविरोधी पोस्टर तथा ब्यानर पनि प्रदर्शन गरिएका छन्। इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्याको बदला लिनुपर्ने माग गर्दै प्रदर्शनकारीहरूले नाराबाजीसमेत गरेका छन्।