|  

सुरुङ खनेर डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुमबाट पक्राउ

१८ कात्तिक, काठमाडौं । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका दुई कैदी मंगलबार रुकुम पश्चिमबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर कामी र सल्यान कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्।

कामीलाई १८ वर्ष कैद सजाय तोकिएकामा १३ वर्ष र रानालाई १२ वर्ष सजाय तोकिएकामा नौ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको छ।

पक्राउ परेका दुवैजनालाई रुकुम पश्चिमबाट डोल्पा कारागार ल्याइएको छ।