१८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यपछि इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने घोषणा गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग सहायता रोक्ने विषयमा सहमति भएको ट्रम्पले बताएका छन्। यद्यपि, अमेरिकाले इजरायललाई हतियार बिक्री र आवश्यक परेको अवस्थामा सहयोग भने जारी राख्नेछ।
अमेरिका र इजरायलबीचको सैन्य सहायता सम्झौता सन् २०२८ सेप्टेम्बरसम्म कायम छ। सम्झौताअनुसार अमेरिकाले इजरायललाई प्रत्येक वर्ष ३ अर्ब ८० करोड अमेरिकी डलर सहायता उपलब्ध गराउँदै आएको छ।
गाजामा इजरायली सैन्य कारबाहीलाई लिएर अमेरिकाभित्र इजरायलप्रतिको समर्थन घट्दै गएको र डेमोक्रेटिक नेताहरूले अमेरिकी सहयोगको आलोचना गर्दै आएका बेला ट्रम्पको यस्तो घोषणा आएको हो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar