|  

युक्रेनको विद्यालय भवनमा रुसी आक्रमण, कम्तीमा ३३ जनाको मृ#त्यु

१८ कात्तिक, काठमाडौं । युक्रेनको दक्षिणपूर्वी जापोरिज्जिया क्षेत्रमा रहेको विद्यालय भवनमा रुसले कम्तीमा नौवटा बम प्रहार गर्दा ३३ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार कोमिशुभाखा गाउँस्थित उक्त भवन सर्वसाधारणको आश्रयस्थल तथा मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग हुँदै आएको थियो। आक्रमणका बेला स्थानीय बासिन्दा सहायता लिन त्यहाँ भेला भएका थिए।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनालाई युद्ध सुरु भएयताकै सबैभन्दा घातक आक्रमणमध्ये एक बताएका छन्।

भवनमा युरोपेली संघको आर्थिक सहयोगमा निर्माण गरिएको भूमिगत सुरक्षित आश्रयस्थलसमेत थियो। तर शक्तिशाली बम प्रहारबाट संरचना भत्किनुका साथै आगलागी भएको क्षेत्रीय गभर्नर सेमिकिनले बताएका छन्। घटनापछि बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी छ।